बलिउड स्टार सलमान खान अभिनित नयाँ फिल्म ‘भारत’को फर्स्टलुक सार्वजनिक भएको छ ।
फिल्म इद अर्थात् जुन ५ मा दर्शकमाझ आउँदै छ । हालै सार्वजनिक फर्स्टलुकमा सलमान वृद्ध मानिसको भेषमा देखिएका छन् । यो पोस्टरले इन्टरनेटमा धुम मच्चाएको छ । सलमानले आफ्नो चकलेटी अनुहारका कारण लामो समयदेखि फ्यानको मनमा राज गरिरहेका छन् ।
अब, उनै सलमान नयाँ गेटअपका साथ सार्वजनिक भएका छन् । यो चलचित्रमा सलमानको जोडीको रुपमा नायिका कट्रिना कैफलाई देख्न सकिन्छ ।